इजरायलले तीन बन्धकहरूको शव प्राप्त भएको पुष्टि गरेको छ। यी शवहरू गाजामा रेडक्रसमार्फत हमासले उनीहरूलाई हस्तान्तरण गरेको थियो।
फोरेन्सिक परीक्षणबाट शव इजरायली सैनिक कर्नल असाफ हमामी (४०), क्याप्टेन ओमर न्युट्रा (२१) र स्टाफ सार्जेन्ट ओज डेनियल (१९) का भएको पुष्टि भएको हो। यो जानकारी इजरायली प्रधानमन्त्री कार्यालयले प्रदान गरेको हो।
बीबीसीका अनुसार आठ इजरायली र विदेशी बन्धकहरूको शव अझै पनि गाजामा रहेको रिपोर्ट गरिएको छ।
अमेरिकी मध्यस्थतामा लगभग तीन हप्ताअघि लागु युद्धविराम सम्झौताको पहिलो चरणअन्तर्गत हमासले आफ्नो हिरासतमा रहेका २० जीवित र २८ मृत बन्धक फिर्ता गर्न सहमति जनाएको छ।
165
Shares

प्रतिक्रिया