राजनीति


राजदूत फिर्ता प्रकरणमा सरकार र अदालत दुवैले गल्ती गरे: विष्णु रिजाल

राजदूत फिर्ता प्रकरणमा सरकार र अदालत दुवैले गल्ती गरे: विष्णु रिजाल

फाइल तस्बिर


नेपालखबर
कात्तिक १८, २०८२ मंगलबार ८:२४, काठमाडौँ

नेकपा एमालेका केन्द्रीय सदस्य विष्णु रिजालले ११ देशका राजदूत फिर्ता प्रकरणमा सरकार र अदालत दुवैले गल्ती गरेको आरोप लगाएका छन्। 

सामाजिक सञ्जालमार्फत रिजालले चुनाव गराउने एकमात्र कार्यभार तोकिएको ६ महिने म्यादी सरकारले राजदूत फिर्ता बोलाउन नमिल्ने र सरकारले फिर्ता बोलाएपछि अदालतले राजदूतलाई थमौती गर्न नमिल्ने उनको भनाई छ। 

राजदूत थमौती गर्ने अदालतले निर्णयले अब राजदूत सरकारप्रति नभएर अदालतका विश्वासपात्र प्रतिनिधि बनेका उनको तर्क छ। 

‘पहिलो, प्रधानमन्त्रीको नियुक्ति-पत्रमै चुनाव गराउने एक मात्र कार्यभार तोकिएको ६ महिने म्यादी सरकारले मुलुकको प्रतिष्ठा ख्याल नगरी राजदूत फिर्ता बेलाउनै हुँदैनथ्यो। के रिस रहेछ, विनाकरण राजदूतमाथि जाइलागेर सरकारले असहिष्णुता देखाएको छ,’ उनले अगाडि लेखेका छन्, ‘दोस्रो, जेसुकै कारणले भए पनि सरकारले फिर्ता बोलाई सकेपछि राजदूत जस्तो नितान्त सरकारको विश्वासमा मात्रै विदेशीसँग काम गर्नुपर्ने पदलाई अदालतले थमौती गर्नै मिल्दैनथ्यो। अब ती राजदूत सरकारका होइन, अदालतका विश्वास प्राप्त प्रतिनिधि भएका छन्।’

सरकार र अदालतको दोहोरो खेलबाडले कूटनीतिलाई देशभित्र मात्र होइन, विश्वमै मजाक बनाएको भन्दै रिजालले यसबाट नेपालको थप बेइज्जत भएको पनि उल्लेख गरेका छन्। ‘आशा गरौँ- फिर्ता बोलाइएका राजदूतले यसको ख्याल गर्नेछन्,’ उनले भनेका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad