अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले प्यालेस्टिनी लडाकु समूह हमास धेरै हिंसात्मक भएको आरोप लगाएका छन्।
साथै उनले हमासले आफूलाई सुधारेन भने ऊ नष्ट हुने चेतावनीसमेत दिएका छन्।
ट्रम्पले ह्वाइट हाउसमा पत्रकारहरूसँग कुरा गर्दै उक्त अभिव्यक्ति दिएका हुन्। उनीसँग अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानिज पनि थिए।
ट्रम्पले भने, 'हमास धेरै हिंसात्मक भएको छ। तर उनीहरूलाई अब इरानको समर्थन छैन। उनीहरूलाई अब कसैको समर्थन छैन।'
उनले थपे, 'उनीहरूले राम्रो काम गर्नुपर्छ, गरेनन् भने तिनीहरू नष्ट हुनेछन्।'
इजरायल र हमासबीच हालै युद्धविराम घोषणा गरिएको थियो। यद्यपि, गत हप्ता हमास र इजरायलले एकअर्कालाई युद्धविराम उल्लंघन गरेको आरोप लगाएका छन्।
273
Shares

प्रतिक्रिया