ग्लोबल


स्विट्जरल्यान्डमा हुने अमेरिका-इरान वार्तामा पाकिस्तानी प्रधानमन्त्री र सेना प्रमुख पनि सहभागी हुँदै

स्विट्जरल्यान्डमा हुने अमेरिका-इरान वार्तामा पाकिस्तानी प्रधानमन्त्री र सेना प्रमुख पनि सहभागी हुँदै

नेपालखबर
असार ७, २०८३ आइतबार ११:३, काठमाडौँ

अमेरिका र इरानबिच आज स्विट्जरल्यान्डमा प्रत्यक्ष वार्ता सुरु गर्ने तयारी भइरहेको छ। 

त्यसका लागि अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पका दूत स्टिभ विटकफ र ट्रम्पका ज्वाइँ जारेड कुनर स्विट्जरल्यान्ड पुगिसकेका छन् भने उपराष्ट्रपति जेडी भान्स पुग्दै छन्। 

यसैबिच वार्तामा मध्यस्थकर्ताका रूपमा पाकिस्तानका प्रधानमन्त्री सहबाज सरिफ र फिल्ड मार्सल जनरल असिम मुनिर पनि सहभागी हुने पाकिस्तानी प्रधानमन्त्रीको कार्यालयले जनाएको छ।

पाकिस्तानी प्रधानमन्त्रीको कार्यालयले शनिबार अबेर राति सामाजिक सञ्जालमा लेखेको छ, ‘प्रधानमन्त्री मोहम्मद सहबाज सरिफ र सेना प्रमुख फिल्ड मार्सल सैयद असिम मुनिरले वार्तामा भाग लिनेछन्। प्रधानमन्त्री उच्चस्तरीय प्रतिनिधिमण्डलसहित इस्लामाबादबाट स्विट्जरल्यान्ड प्रस्थान गरिसकेका छन्।’

बीबीसीका अनुसार इरानका तर्फबाट वार्तामा सहभागिताका लागि संसद्का सभामुख मोहम्मद बागेर गालिबाफ र विदेशमन्त्री अब्बास अराघची पनि स्विट्जरल्यान्ड पुगिसकेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad