ग्लोबल


गाजाका सबै बन्धक सोमबार वा मंगलबार छुट्छन् : ट्रम्प

गाजाका सबै बन्धक सोमबार वा मंगलबार छुट्छन् : ट्रम्प

नेपालखबर
असोज २४, २०८२ शुक्रबार ६:७, काठमाडौँ

अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले हमासको कब्जामा रहेका बन्धकहरू आउने सोमबार वा मंगलबारसम्ममा छुट्ने बताएका छन्।

बिहीबार गाजामा युद्धविराम र बन्धक रिहाइका लागि इजरायल र हमासबीच सहमति भएको घोषणा गरेका ट्रम्पले वासिङ्टन डीसीमा मन्त्रिपरिषद् बैठकमा सहभागी हुने क्रममा उक्त कुरा बताएका हुन्।

बिहीबार उनले भने, 'सबै इजरायली बन्धक (नेपाली विपिन जोशी पनि) सोमबार वा मंगलबार रिहा गरिनेछ।'

यस क्रममा उनले आफू गाजा युद्ध रोक्न सफल भएको दाबी पनि गरे।

ट्रम्पले भने, 'हामी गाजा युद्ध रोक्न सफल भयौं र आशा गर्छौं कि अब मध्य पूर्वमा दिगो शान्ति आउनेछ।'

उनले आफू इजिप्ट जाने सम्झौतामा हस्ताक्षर गर्ने जानकारी पनि दिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad