दिनप्रतिदिन तापक्रम घट्दो र चिसो बढ्दो छ।
यसै क्रममा आज (शुक्रबार) काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम थप घटेको छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार आज बिहान ५:४५ बजेको मापनमा उपत्यकाको न्यूनतम तापक्रम १५.६ डिग्री सेल्सियसमा झरेको हो।
यसअघि हिजो बिहीबार काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम १७.४ डिग्री सेल्सियस थियो।
यद्यपि आजको आधिकारिक न्यूनतम तापक्रम अहिले बिहान ८:४५ बजे सार्वजनिक हुन्छ। त्यतिबेला अहिलेको भन्दा तापक्रम थौरै घट्न पनि सक्छ अथवा यत्ति नै रहन पनि सक्छ।
बुधबार भने काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम १७.८ डिग्री सेल्सियस थियो।
अक्टोबर लाग्नुभन्दा अघिचाहिँ काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम २१ डिग्री सेल्सियस थियो।
मौसम महाशाखाले हरेक दिन काठमाडौँसहित देशका विभिन्न स्थानको न्यूनतम र अधिकतम दुईथरी तापक्रम मापन गर्छ। मौसमविद्का अनुसार न्यूनतम बिहान ८:४५ बजे मापन हुन्छ भने अधिकतम साँझ ५:४५ बजे मापन गरिन्छ।
हिजो बिहीबार यस्तो थियो, देशका विभिन्न स्थानको न्यूनतम र अधिकतम तापक्रम विवरण:

मनसुन हट्दै जाँदा देशमा पश्चिमी वायु सक्रिय हुन्छ। यसले मौसम चिसो गराउँछ। वर्षासँगै हिमपात पनि गराउँछ। पश्चिमी भेगका हिमाली क्षेत्रका कतिपय स्थानमा हिउँ पर्न पनि थालिसकेको छ।
मौसम महाशाखाका अनुसार हाल सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेशलगायत लुम्बिनी प्रदेशको पश्चिमी भेगका धेरै स्थान र गण्डकी प्रदेशको पश्चिमी क्षेत्रका थोरै स्थानमा पश्चिमी वायु सक्रिय भइसकेको छ भने देशका बाँकी स्थानमा मात्र मनसुनी वायु र स्थानीय वायुको कमजोर प्रभाव छ।
महाशाखाअनुसार आज दिउँसो कोसी प्रदेशलगायत देशका पहाड भेगमा आंशिक बदली पातलो (बादल) रही बाँकी स्थानमा मौसम मुख्यतया सफा रहने छ। कोसी प्रदेश र गण्डकी प्रदेशका पहाड भूभागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना छ।
यस्तै राति कोसी प्रदेशलगायत गण्डकी प्रदेशका पहाडी भेगमा आंशिक बदली रही देशका बाँकी स्थानमा मौसम मुख्यतया सफा रहने छ। कोसी प्रदेशको पहाड भूभागका एक-दुई स्थान हल्का वर्षाको सम्भावना छ।
Shares

प्रतिक्रिया