ad ad

राजनीति


अध्यादेशविरुद्ध साझा पार्टीका तीन प्रस्ताव

अध्यादेशविरुद्ध साझा पार्टीका तीन प्रस्ताव

नेपालखबर
बैशाख १०, २०७७ बुधबार ८:१९,

साझा पार्टीले सरकारले ल्याएका दुई अध्यादेश लोकतन्त्र र देश दुवैका लागि घातक हुने बताएको छ।

राष्ट्रिय संकटका बेला सरकारले ल्याएका राजनीतिक दलसम्बन्धी अध्यादेश निहित स्वार्थपूर्तिका लागि पार्टी फुटाउने कुत्सित मनसायबाट र संवैधानिक परिषद्सम्वन्धी अध्यादेश संवैधानिक निकायमाथि पूर्ण नियन्त्रण कायम गरी राजनीतिक प्रतिशोध साँध्ने ध्येयबाट प्रेरित भएको साझाको भनाइ छ।

बुधबार एक विज्ञिप्ति प्रकाशित गर्दै साझा पार्टीले सरकारले ल्याएका दुवै अध्यादेशको विरोधमा तीन बटा प्रस्ताव सार्वजनिक गरेको छ। साझाले अध्यादेशको खारेजीको माग गर्दै डिजिटल अभियान चलाउन र सामाजिक सञ्जालमा विज्ञप्ति र पोस्टर प्रयोग गर्न पस्ताव गरेको छ। त्यस्तै साझाले संसदभित्र रहेका र बाहिरका दलको साझा मोर्चा निर्माण गर्न पनि प्रस्ताव गरेको छ । त्यस्तै साझाले अब संवैधानिक निकायमा राजनीतिक भागबण्डा बन्द गर्ने प्रण गर्न समेत प्रस्ताव गरेको छ।

त्यस्तै साँझाले सुरक्षा प्रोटोकलको व्यवस्था मिलाएर तुरुन्त संघीय संसदको बैठक आह्वान गर्न दबाब दिन प्रस्ताव गरेको छ।

यस्ता छन् साझाका तीन प्रस्ताव

१, संसदमा रहेका र नरहेका दल, नागरिक समाज र आम सर्वसाधारण सबै मिलेर अध्यादेश खारेजीको जोडदार माग गरौँ। तत्काल सडकमा उत्रिन नसकिने अवस्थाले गर्दा हाललाई डिजिटल अभियान चलाऊँ। त्यसका लागि यसै विज्ञप्तीसाथ प्रेषित सबैले प्रयोग गर्न मिल्ने पोस्टर सामाजिक सञ्जालमा प्रयोग गरौँ।

२, अध्यादेशविरुद्ध दबाब दिन र संघर्ष गर्न संसदमा रहेका र नरहेका इच्छुक सबै दलहरूको संयुक्त मोर्चा निर्माण गरौँ। र, अब संवैधानिक निकायमा राजनीतिक भागबण्डा बन्द गर्ने प्रण गरौँ।

३, सुरक्षा प्रोटोकलको व्यवस्था मिलाएर तुरुन्त संघीय संसदको बैठक आह्वान गर्न दबाब दिऊँ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .