ग्लोबल


ट्रम्पको चेतावनी: भेनेजुएलाका लडाकु विमान हाम्रा नौसेना जहाजमाथि उडाए गोली हानिनेछ

ट्रम्पको चेतावनी: भेनेजुएलाका लडाकु विमान हाम्रा नौसेना जहाजमाथि उडाए गोली हानिनेछ

नेपालखबर
भदौ २१, २०८२ शनिबार २०:५२, काठमाडौँ

अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुएलाका लडाकु विमानले अमेरिकी नौसेना जहाजमाथि उडान गरे तथा अमेरिकालाई खतरामा पारे गोली हानेर खसालिने चेतावनी दिएका छन्। 

अमेरिकी अधिकारीहरूले सीबीएस न्युजलाई बताएअनुसार भेनेजुएलाले दक्षिण अमेरिकानजिकै अमेरिकी जहाज नजिक लगातार दुई दिनसम्म सैन्य विमान उडाएको थियो। ट्रम्पको उक्त चेतावनी त्यही घटनापछि आएको हो। 

वास्तवमा भेनेजुएलाबाट आउँदै गरेको जहाजमा लागुपदार्थ ल्याइँदै गरेका रिपोर्ट पनि आएका थिए। एउटा गिरोहले यसलाई चलाएको थियो। यसपछि अमेरिकी सेनाको आक्रमणमा जहाजमा रहेका ११ जना मारिएका थिए। 

भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरोले अमेरिकाले आफ्नो देशविरुद्ध लगाएको आरोप गलत भएको बताएका छन्। दुई देशबीचको मतभेदको समाधान सैन्य द्वन्द्व नभएको उनले बताएका छन्। 

ह्वाइट हाउसले शुक्रबार अमेरिकाले प्युर्टो रिकोमा १० वटा एफ-३५ लडाकु विमानहरू पठाउँदै छ भनी बताएको थियो। 

ट्रम्प लामो समयदेखि मादुरोको आलोचक छन्। अगस्टमा उनले भेनेजुएलाका राष्ट्रपतिलाई पक्राउ गर्न सूचना दिनेलाई पुरस्कार दोब्बर गरेर ५ करोड अमेरिकी डलर पुर्‍याएका छन्।

उनले मादुरोलाई ‘विश्वको सबैभन्दा ठूलो लागुऔषध तस्करमध्ये एक’ भनी आरोप लगाएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad