चिनियाँ राष्ट्रपति सी चिनफिङले ग्लोबल गभर्नेन्स इनिसिएटिभ (जीजीआई) प्रस्ताव गर्दै देशहरूलाई न्यायपूर्ण र समानतामूलक विश्व शासन प्रणाली निर्माणका लागि सहकार्य गर्न आह्वान गरेका छन्।
सीले चीनको बन्दरगाह सहर तियान्जिनमा आयोजित सांघाई सहयोग संगठन(एससीओ) प्लस सम्मेलनमा सोमबार सम्बोधन गर्दै यस्तो प्रस्ताव गरेका हुन्। यो राष्ट्रपति सीले अघि सारेका चौथो महत्वपूर्ण वैश्विक पहल हो। यसअघि उनले ग्लोबल डेभलपमेन्ट इनिसिएटिभ, ग्लोबल सेक्युरिटी इनिसिएटिभ र ग्लोबल सिभिलाइजेशन इनिसिएटिभ अघि सारेका थिए।
सीले जीजीआईका ५ आधारभूत सिद्धान्तहरूलाई जोड दिए। सार्वभौम समानताको प्रत्याभूति, अन्तर्राष्ट्रिय कानुनको पालना, बहुपक्षीयताको अभ्यास, जनकेन्द्रित दृष्टिकोणको प्रवर्द्धन र वास्तविक कार्यान्वयनमा केन्द्रित हुनु यसका सिद्धान्त भएको बताए।
Shares

प्रतिक्रिया