ग्लोबल


पुटिनले भने: युक्रेन युद्ध अन्त्य गर्ने विषयमा ट्रम्पसँग 'समझदारी' बनेको छ

पुटिनले भने: युक्रेन युद्ध अन्त्य गर्ने विषयमा ट्रम्पसँग 'समझदारी' बनेको छ

पुटिन


नेपालखबर
भदौ १६, २०८२ सोमबार १९:८, काठमाडौँ

रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले गत महिना अलास्कामा भएको भेटवार्तामा अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पसँग युक्रेन युद्ध अन्त्यका विषयमा ‘आपसी समझदारी’ भएको दाबी गरेका छन्।

तर उनले युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसँग शान्ति वार्ताका लागि उनी तयार छन् कि छैनन् भन्ने कुरा बताएनन्। 

चीनमा भएको एससीओ सम्मेलनका क्रममा पुटिनले युक्रेनमा आक्रमण गर्ने आफ्नो निर्णयको बचाउ गरे र फेरि एकपटक पश्चिमा देशहरूलाई दोष लगाए।

अलास्का बैठकपछि अमेरिकाका विशेष दूत स्टिभ विटकोफले पुटिन युक्रेनलाई सुरक्षा ग्यारेन्टी प्रदान गर्न सहमत भएको दाबी गरेका थिए। तर रुसले अहिलेसम्म यसको पुष्टि गरेको छैन।

पुटिनले अलास्कामा भएको भेटवार्तामा भएको ‘सहमति’बमोजिम ट्रम्प त्यस दिशामा अगाडि बढिरहेको र युक्रेनमा शान्तिका लागि बाटो खोलिरहेको आशा गरिएको बताएका छन्। 

उनले युद्धको दोष ‘युक्रेनलाई नेटोमा सामेल गराउन पश्चिमा देशहरूले निरन्तर गरिरहेको प्रयास’लाई पनि दिए। जुन कुरामा पुटिनले निरन्तर विरोध जनाइरहेका छन्। 

सन् २०१४ मा पुटिनले क्रिमियालाई आफ्नो कब्जामा लिए भने रुस समर्थक समूहहरूले पूर्वी युक्रेनका केही भाग नियन्त्रणमा लिए। यसको वर्षौंपछि फेब्रुअरी २०२२ मा पुटिनले युक्रेनमा ठूलो आक्रमणको आदेश दिए। बीबीसी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad