अमेरिकी एजेन्सी फर ग्लोबल मिडिया (यूएसएजीएम) ले ५३२ सरकारी पद खारेज गरेको छ।
राष्ट्रपति डोनाल्ड ट्रम्पको निर्देशनमा उक्त निर्णय गरिएको यूएसएजीएमका वरिष्ठ सल्लाहकार क्यारी लेकले विज्ञप्ति जारी गरी जानकारी दिएकी छन्।
एजेन्सीले आफ्नो उद्देश्य सरकारी संरचना घटाउने, कार्यप्रणाली सुधार गर्ने र अमेरिकी जनताको पैसा बचत गर्ने बताएको छ।
विज्ञप्तिमा भनिएको छ, ‘छँटनीपछि पनि एजेन्सीको काम जारी रहनेछ र सत्य समाचार विश्वका ती क्षेत्रमा पुग्न जारी रहनेछ, जहाँ मानिसहरू तानाशाही वा दमनकारी सरकारहरूको अधीनमा छन्।’
क्यारी लेकले विज्ञप्तिमा अगाडि भनेकी छन्, ‘म आगामी महिनामा यस भत्किएको एजेन्सीको कार्यप्रणाली सुधार गर्न थप कदम चाल्ने आशा गर्छु, ताकि अमेरिकाको आवाज विश्वका ती भागमा पुग्न सकोस्, जहाँ यसको सबैभन्दा बढी आवश्यकता छ।’
Shares

प्रतिक्रिया