सांघाई सहयोग संगठन (एससीओ) को शिखर सम्मेलनमा भाग लिन चीन प्रस्थान गरेका प्रधानमन्त्री केपी शर्मा ओली चीनको तियान्जिन सहरमा पुगेका छन्।
चीनका राष्ट्रपति सी चिनफिङको मैत्रीपूर्ण निमन्त्रणामा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै हिमालय एयरलाइन्सनको विशेष विमानमार्फत प्रस्थान गरेका उनी तियान्जिन विनहाइ अन्तर्राष्ट्रिय विमानस्थलमा पुगेका हुन्। 
उनलाई चीन सरकारका उच्चाधिकारी र चीनका लागि नेपालका राजदूत डा कृष्णप्रसाद ओली, नेपालका लागि चीनका राजदूत चेन सोङलगायतले स्वागत गरेका थिए।



459
Shares

प्रतिक्रिया