रावी, चेनाब र सतलज नदीमा बाढी उर्लिंदा पाकिस्तानको पन्जाबमा १४ लाख मानिस जोखिममा परेका छन्।
पाकिस्तानको राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरण (एनडीएमए) ले भारतबाट आउने पानीका कारण अवस्था बिग्रन सक्ने चेतावनी दिएको छ।
लाहोरका धेरै क्षेत्र डुबानमा परेका छन्। रावी पुल भत्किने खतरा पनि छ। बाढीको जोखिममा परेका मानिसहरूलाई सुरक्षित स्थानमा लगिएको छ।
रावी नदी किनारमा रहेका घरमा पानी पस्न थालेको छ। घरका भित्ता भत्किन थालेका छन् भने सामान बगाएका छन्। मानिसहरू पानीको सतह घट्ने प्रतीक्षामा छन्।
पन्जाब प्रहरीले ६२ हजारभन्दा बढी मानिसलाई सुरक्षित स्थानमा सारिएको बताएको छ।
अधिकारीहरूले चेनाब र रावी नदीमा बाढी बढ्न सक्ने चेतावनी जारी गरेका छन्।
159
Shares

प्रतिक्रिया