ग्लोबल


भारतीय वायुसेनाको लडाकु विमान दुर्घटना

भारतीय वायुसेनाको लडाकु विमान दुर्घटना

फाइल तस्बिर


नेपालखबर
असार २५, २०८२ बुधबार १८:४९, काठमाडौँ

भारतीय वायुसेनाको जगुआर ट्रेनर विमान बुधबार राजस्थानको चुरु जिल्लामा दुर्घटना भएको छ। 

भारतीय सञ्चारमाध्यमका अनुसार नियमित प्रशिक्षण मिसनका क्रममा विमान उड्दाउड्दै जमिनमा खसेको हो।

भारतीय वायुसेनाको लडाकु विमान खसेको स्थान

वायुसेनाले जारी गरेको विज्ञप्ति नुसार, दुर्घटनामा विमानमा सवार दुवै पाइलटको घटनास्थलमै मृत्यु भएको छ।

यसबाहेक अन्य कुनै नागरिक वा सम्पत्तिलाई क्षति नभएको भारतीय वायुसेनाले जनाएको छ। 

वायुसेनाले दुर्घटनाको कारण पत्ता लगाउन कोर्ट अफ इन्क्वायरी गठन गरेको छ।

प्रारम्भिक जानकारी अनुसार, विमान नियमित प्रशिक्षण मिसनमा थियो र प्राविधिक कारणले दुर्घटना भएको हुन सक्छ तर वास्तविक कारण अनुसन्धानपछि मात्र स्पष्ट हुनेछ।

सेना स्रोतका अनुसार, यो जगुआर लडाकु जेट श्री गंगानगर नजिकैको सुरतगढ एयरबेसबाट उडेको थियो।

जगुआर विमान कम उचाइबाट आक्रमण गर्ने लडाकु जेट हो।

यो एक ब्रिटिस-फ्रान्सेली सुपरसोनिक जेट आक्रमण विमान हो, जुन जमिन आक्रमण र जहाजविरोधी मिसनका लागि प्रयोग गरिन्छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad