बंगलादेशमा एक महिलालाई बलात्कार गरिएको भिडिओ सार्वजनिक भएपछि देशभर हंगामा मच्चिएको छ।
स्थानीय सञ्चारमाध्यमसँगको अन्तर्वार्तामा महिलाले गत बिहीबार आफ्नो बुबाको घरमा आफूलाई बलात्कार गरिएको बताएकी छन्। सेयर गरिएको भिडिओमा घटनास्थलमा धेरै मानिस देखिएका छन्।
प्रहरीले बलात्कारको आरोप लागेका व्यक्तिसहित पाँच जनालाई पक्राउ गरेको छ। अधिकारीहरूले यस विषयमा 'गम्भीरताका साथ' अनुसन्धान गर्ने बताएका छन्।
भिडिओ भाइरल भएपछि देशभर विरोध प्रदर्शन सुरु भएको छ र धेरैवटा मानव अधिकार संस्थाले संलग्नहरूलाई कडा सजायको माग गरेका छन्।
प्रहरीका अनुसार, महिला बंगलादेशको कुमिल्ला जिल्लामा रहेको आफ्नो बुबाको घरमा गएकी थिइन्, त्यतिबेला एक छिमेकीले घरमा प्रवेश गरेर उनलाई आक्रमण गरे।
हिन्दु अल्पसंख्यक समुदायकी महिलाले धेरै स्थानीय सञ्चारमाध्यमलाई दिएको अन्तर्वार्तामा ती व्यक्ति 'खराब नियतले घरमा पसेर यातना दिएको' बताएकी छन्।
प्रहरीले मुख्य संदिग्धको नाम फजोर अली रहेको र घटनाको रात मानिसहरूले कुटपिट गरेपछि उनलाई अस्पताल भर्ना गरिएको बताएको छ।
प्रहरीले बलात्कार आरोपितका हात र खुट्टामा चोट लागेकाले उनी आइतबार अदालतमा उपस्थित हुन सकेनन्।
प्रहरीले यौन उत्पीडनको भिडिओ बनाएर प्रसार गरेको आरोपमा अन्य चार जनालाई पनि पक्राउ गरिएको बताएको छ।
Shares

प्रतिक्रिया