अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायल र इरान शान्तिको माग गर्दै लगभग एकैसाथ आफूकहाँ आएको दाबी गरेका छन्।
दुवै देशले युद्ध अन्त्यका लागि आफूसँग अनुरोध गरेको दाबी ट्रम्पले गरेका छन्।
आफ्नो सामाजिक सञ्जाल प्लेटफर्म ट्रुथ सोसलमा उनले लेखेका छन्, ‘इजरायल र इरान लगभग एकैसाथ मकहाँ आए र 'शान्ति'का लागि अपिल गरे। मलाई थाहा थियो- अब शान्तिको समय आएको छ। विश्व र मध्य पूर्व वास्तविक विजेता हुन्!’
उनले अगाडि लेखेका छन्, ‘दुवै देशले भविष्यमा ठूलो प्रेम, शान्ति र समृद्धि देख्ने छन्। उनीहरूले धेरै कुरा हासिल गर्न बाँकी छ र यदि उनीहरू धर्म र सत्यको बाटोबाट तर्किए भने उनीहरूले धेरै कुरा गुमाउनुपर्नेछ।’
ट्रम्पले ‘इजरायल र इरानको भविष्य असीमित सम्भावनाहरूले भरिएको’ पनि लेखेका छन्।
यसअघि ट्रम्पले इजरायल र इरानबीच चाँडै युद्धविराम हुने घोषणा गरेका थिए भने इरानले पनि आफू तयार रहेको बताएको थियो।
Shares

प्रतिक्रिया