ग्लोबल


इरानद्वारा कतार र इराकस्थित अमेरिकी सैन्य अखडामा आक्रमण

इरानद्वारा कतार र इराकस्थित अमेरिकी सैन्य अखडामा आक्रमण

नेपालखबर
असार ९, २०८२ सोमबार २२:५०,

इरानले कतारमा रहेको अमेरिकी सैन्य अखडामा आक्रमण सुरु गरेको इरानको सरकारी टेलिभिजनले जनाएको छ। 

कतारको राजधानी दोहामा विस्फोटको आवाज सुनिनुको साथै आकाशमा ज्वाला पनि देखिएको अल जजिराले बताएको छ। 

इरानको रिभोलुसनरी गार्ड्सले पनि कतारस्थित अल उदेइद एयर बेसमा क्षेप्यास्त्र प्रहार गरिएको पुष्टि गरेको छ। कतारी रक्षा मन्त्रालयले कुनै मानवीय क्षति नभएको बताएको छ।

अल उदेइदमा १० हजारभन्दा बढी अमेरिकी सैनिक तैनाथ छन्। पश्चिम एसियाका अनेकौँ मुलुकमा ४० हजारभन्दा बढी अमेरिकी सैनिक तैनाथ छन्। 

इरानले यहाँ आक्रमण गर्नुअघि कतार सरकारलाई जानकारी दिएको इरानी अधिकारीहरुले बताएका छन्। त्यसैले यसलाई थुप्रैले सांकेतिक हमलाका रूपमा पनि लिएका छन्।

तथापि कतारका लागि यो हमला अभूतपूर्व हो।

आक्रमणपछि इरानको रिभोलुस्नरी गार्ड्सले अमेरिका र इजरायललाई अब हानेर भाग्ने युग नरहेको भन्दै चेतावनी दिएको छ।

अमेरिकी अधिकारीलाई उधृत गर्दै सीएनएनले जनाएअनुसार कतारमा इरानले छोटो दूरी र मध्यम दूरीमा प्रहार गरिने ब्यालिस्टिक क्षेप्यास्त्रद्वारा आक्रमण गरेको हो।

इरानका आणविक केन्द्रहरुमा अमेरिकाले आक्रमण गरेलगत्तै उसले बदला लिने आकलन गरिएको थियो। त्यसैले अमेरिका र बेलायतले कतारमा रहेका आफ्ना नागरिकलाई सोमबार बाहिर ननिस्किन भनेका थिए।

कतारले पनि आफ्नो आकाशमा उडान रद्द गरेको थियो। एजेन्सी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad