कतारको रक्षा मन्त्रालयले अल उदेइद हवाई अखडालाई लक्षित गर्दै इरानले प्रहार गरेको क्षेप्यास्त्र सफलतापूर्वक रोकेको बताएको छ।
सो आक्रमणमा कसैको मृत्यु नभएको र कोही पनि घाइते नभएको सो मन्त्रालयले जनाएको छ।
दोहाका स्थानीयले भने भयानक विस्फोट आवाज सुनेको बताएका छन्।
कतारी रक्षा मन्त्रालयले आक्रमणको भर्त्सना गर्दै बदलाको अधिकार सुरक्षित रहेको बताएको छ।
इरानको सुरक्षा परिषद्ले सो आक्रमण भ्रातृत्वपूर्ण सम्बन्ध भएको कतारप्रति लक्षित नरहेको स्पष्ट पारेको छ। एजेन्सी
4.0k
Shares

प्रतिक्रिया