ग्लोबल


इरानले फेरि हान्यो इजरायलमा मिसाइल

इरानले फेरि हान्यो इजरायलमा मिसाइल

नेपालखबर
असार ६, २०८२ शुक्रबार २०:५४, काठमाडौँ

इरानले शुक्रबार साँझ तेल अभिभ, बेरशेबा, हाइफालगायत इजरायलका धेरै सहरमा फेरि मिसाइल आक्रमण गरेको छ।

अल जजिराको रिपोर्टअनुसार, हाइफामा मिसाइल खसेर १७ जना घाइते भएका छन्। तीमध्ये १६ वर्षीय नाबालिगसहित तीन जनाको अवस्था गम्भीर छ। 

यसअघि आज बिहान इजरायली सहर बेरशेबामा रहेको माइक्रोसफ्ट कार्यालयनजिकै इरानले ब्यालिस्टिक मिसाइल आक्रमण गरेको छ।

जसका कारण धेरैवटा कारमा आगो लागेको छ। नजिकैका घरहरूमा पनि क्षति पुगेको छ।

इरानले बिहीबार बेरशेबाको अस्पतालमा मिसाइल प्रहार गर्दा ५० भन्दा बढी व्यक्ति घाइते भएका छन्।

आज इरान र इजरायलबीच जारी युद्ध आठौँ दिनमा प्रवेश गरेको छ।

वासिङ्टनस्थित मानव अधिकार संस्थाले अहिलेसम्म इरानमा मारिएकाको संख्या ६५७ पुगेको र २,०३७ जना घाइते भएको दाबी गरेको छ। उता इजरायलमा २४ जनाको मृत्यु र ६०० भन्दा बढी घाइते भएको बताइएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad