समाज


वैदेशिक रोजगारका निम्ति विभिन्न देश पठाइदिने भन्दै रकम ठगी गर्नेहरू पक्राउ

वैदेशिक रोजगारका निम्ति विभिन्न देश पठाइदिने भन्दै रकम ठगी गर्नेहरू पक्राउ

नेपालखबर
असार ६, २०८२ शुक्रबार २०:५६, काठमाडौँ

रोमानिया पठाइदिन्छु भन्दै २१ लाख ३६ हजार रूपैयाँ ठगी गरेको अभियोगमा दोलखा मेलुङ गाउँपालिका–२ घर भई काठमाडौं महानगरपालिका-२४ बाङगेमुढा बस्ने ५० वर्षीय ढाल बहादुर बुढाथोकीलाई प्रहरीले पक्राउ गरेको छ।

बुढाथोकी समेतले १४ जनालाई वैदेशिक रोजगारीका लागि रोमानिया पठाई फुड प्याकिङमा मासिक १ लाख रूपैयाँ तलबमा काम लगाइदिन्छु भन्दै प्रलोभनमा पारी पीडितहरूबाट पटक पटक गरी उक्त रकम ठगी गरेकोले काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उनलाई काठमाडौं महानगरपालिका–२५ असनबाट पक्राउ गरेको हो। 

उनलाई थप अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ।

कतार पठाइदिन्छु भन्दै ठगी
यस्तै, कतार पठाइदिन्छु भन्दै २ लाख ९४ हजार रूपैयाँ ठगी गरेको अभियोगमा सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी नगरपालिका(१ घर भई काठमाडौं कागेश्वरी मनोहरा नगरपालिका–९ गोठाटार बस्ने २२ वर्षीय कैलाश गिरीलाई प्रहरीले पक्राउ गरेको छ। 

गिरीले १ जनालाई वैदेशिक रोजगारीका लागि कतार पठाई मासिक ८० हजार रूपैयाँ तलबमा ड्राईभरको काम लगाइदिन्छु भन्दै प्रलोभनमा पारी पीडितबाट पटक पटक गरी उक्त रकम ठगी गरेकोले काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उनलाई काठमाडौं गोठाटारबाट पक्राउ गरेको हो। 

उनलाई थप अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ।

स्लोवेनिया पठाइदिन्छु भन्दै रकम ठगी गर्ने २ जना पक्राउ
स्लोवेनिया पठाइदिन्छु भन्दै २ लाख ८० हजार रूपैयाँ ठगी गरेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेहरूमा धादिङ घर भई काठमाडौं चन्द्रागिरी नगरपालिका-१३ बस्ने २५ वर्षीय अजय राज शाही र गोरखा चुमनुव्री गाउँपालिका-४ घर भएकी ३५ वर्षीया छिमी सुनिन रहेका छन्।  

उनीहरूले १ जनालाई वैदेशिक रोजगारीका लागि स्लोवेनिया पठाई फ्याक्ट्रीमा मासिक ७० हजार रूपैयाँ तलबमा काम लगाइदिन्छु भन्दै प्रलोभनमा पारी पीडितबाट पटक पटक गरी उक्त रकम ठगी गरेकोले काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उनलाई काठमाडौं नैकापबाट पक्राउ गरेको हो। 

उनीहरूलाई थप अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad