इजरायलले आइतबार इरानको प्रमुख सहर इस्फहानमा हवाई आक्रमण गरेको छ।
मध्य इरानमा अवस्थित इस्फहानको रूपान्तरण प्लान्ट इरानको आणविक पूर्वाधारको एक महत्त्वपूर्ण भाग हो।
साथै इरानका अन्य सहरमा अवस्थित युरेनियम खानी र अन्य प्लान्ट पनि यस पूर्वाधारका हिस्सा हुन्।
इरानमा इस्फहाननजिकै धेरै प्रमुख सैन्य संरचना पनि छन्, जसमा एउटा ठूलो एयरबेस र मिसाइल उत्पादन कारखाना छ।
अप्रिल २०२४ मा पनि इजरायलले यस क्षेत्रमा रहेको एउटा एयरफिल्डमा आक्रमण गरेको थियो। हमलामा त्यहाँ रहेको एयर डिफेन्स सिस्टममा क्षति भएको थियो।
इरानले इस्फहानमा रहेका यी सबै सुविधा शान्तिपूर्ण उद्देश्यका लागि मात्र भएको बताएको छ।
तर इजरायल र धेरै पश्चिमी देशले इरानले यो गोप्य रूपमा आणविक हतियार बनाउन प्रयोग गरिरहेको शंका गर्छन्।
516
Shares

प्रतिक्रिया