ग्लोबल


क्यालिफोर्नियाका गभर्नरले राष्ट्रपति ट्रम्पविरुद्ध मुद्दा हाल्ने

क्यालिफोर्नियाका गभर्नरले राष्ट्रपति ट्रम्पविरुद्ध मुद्दा हाल्ने

अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प


नेपालखबर
जेठ २७, २०८२ मंगलबार ५:२१, काठमाडौँ

अमेरिकी राज्य क्यालिफोर्नियाका गभर्नर गेभिन नुस्सामले अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध मुद्दा हाल्ने बताएका छन्।

क्यालिफोर्नियाको लस एन्जलस सहरमा जारी आप्रवासी प्रदर्शन रोक्न ट्रम्पले आफ्नो अनुमतिबिना राष्ट्रिय गार्ड तैनाथ गरेको भन्दै उनले ट्रम्प प्रशासनविरुद्ध मुद्दा हाल्ने भएका हुन्। 

एक्समा नुस्सामले लेखेका छन्, ‘डोनाल्ड ट्रम्प यही चाहन्थे। उनले आगो लगाउन उक्साए र गैरकानुनी रूपमा राष्ट्रिय गार्ड तैनाथ गरे। उनले हस्ताक्षर गरेको आदेश क्यालिफोर्नियामा मात्र लागु हुँदैन।’

‘यसले उनलाई कुनै पनि राज्यमा गएर त्यही काम गर्न अनुमति दिनेछ। हामी उनलाई मुद्दा हाल्दै छौँ।’

अमेरिकाको अध्यागमन एजेन्सीले अवैध आप्रवासीविरुद्ध धरपकड गरेको भन्दै लस एन्जलसमा विरोध प्रदर्शन भइरहेको छ।

प्रदर्शन चर्किएपछि आइतबार अमेरिका राष्ट्रपति डोनाल्ड ट्रम्पले लस एन्जलसमा २ हजार राष्ट्रिय गार्ड तैनाथको  आदेश दिएका थिए।

आप्रवासी प्रदर्शनका कारण लस एन्जलस शुक्रबारदेखि अशान्त छ। प्रदर्शनकारीले आगजनीसमेत गरेका छन्।

अमेरिकाका पूर्वउपराष्ट्रपति कमला ह्यारिसले पनि ट्रम्पको यो कदमको आलोचना गरेकी छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad