ग्लोबल


अमेरिकामा आप्रवासीले गरे आगजनी, २९ जना गिरफ्तार

अमेरिकामा आप्रवासीले गरे आगजनी, २९ जना गिरफ्तार

अमेरिकाको लस एन्जलसमा भएको विरोध प्रदर्शनका क्रममा आगजनी गरिएको कार।


नेपालखबर
जेठ २६, २०८२ सोमबार ६:५९, काठमाडौँ

अवैध आप्रवासी धरपकडको विरोधमा प्रदर्शनका कारण अमेरिकाको लस एन्जलसको अवस्था तनावपूर्ण छ।

बीबीसीका अनुसार त्यहाँ तोडफोड, आगजानी र झडप भइरहेका छन्। 

प्रदर्शन रोक्न त्यहाँ राष्ट्रिय गार्डका सिपाहीहरू खटाइएका छन्। 

अमेरकी अधिकारीले लस एन्जलस प्रहरी विभागले हालसम्म २९ जनालाई पक्राउ गरिसकेको बताएका छन्।

लस एन्जलसमा शुक्रबारदेखि अशान्ति र हिंसा देखिएको छ। प्रदर्शनकारीले एउटा हुन्डाई कारमा आगजनी गरेका छन्।

अमेरिकामा डोनाल्ड ट्रम्प दोस्रोपटक राष्ट्रपति बनेपछि गैरकानुनी रूपमा बसोबास गरिरहेका आप्रवासीविरुद्ध कडाइ गरिएको छ।

अवैध आप्रवासीलाई धमाधम अमेरिकाबाट निकालेर उनीहरूकै देशमा फर्काउने क्रम चलिरहेको छ। 

यसै क्रममा गएराति मात्र ३७ नेपालीलाई अमेरिकाले नेपाल फर्काइदिएको छ।  

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad