ग्लोबल


आप्रवासी प्रदर्शन रोक्न ट्रम्पले चालेको कदमलाई कमला ह्यारिसले भनिन्: ‘खतरनाक’

आप्रवासी प्रदर्शन रोक्न ट्रम्पले चालेको कदमलाई कमला ह्यारिसले भनिन्: ‘खतरनाक’

नेपालखबर
जेठ २६, २०८२ सोमबार १०:३७, काठमाडौँ

अमेरिकाका पूर्वउपराष्ट्रपति कमला ह्यारिसले लस एन्जलसमा भइरहेको विरोध प्रदर्शन रोक्न ट्रम्प प्रशासनले गरेको सुरक्षा कारबाहीको आलोचना गरेकी छिन्।

उनले सुरक्षाकर्मी परिचालन सार्वजनिक सुरक्षाका लागि नभई त्रास फैलाउने फैलाउने प्रयास भएको टिप्पणी गरेकी हुन्। 

कमला ह्यारिसले भनेकी छन्, ‘नेसनल गार्ड तैनाथी एक खतरनाक कदम हो, जसको उद्देश्य अराजकता भड्काउनु हो। यो ट्रम्प प्रशासनको क्रूर र सोचविचारपूर्ण रणनीतिको अंश हो, जसको उद्देश्य आतंक र विभाजन फैलाउनु हो।’

क्यालिफोर्नियाका पूर्वमहान्यायाधिवक्तासमेत रहेकी ह्यारिसले एक्समा पोस्ट गरेको विज्ञप्तिमा भनिएको छ, ‘विरोध प्रदर्शन एक शक्तिशाली माध्यम हो, जुन न्यायको लडाइँमा अत्यन्त महत्त्वपूर्ण छ।’

‘म लाखौँ अमेरिकीहरूको साथमा उभिन्छु, जसले हाम्रो आवश्यक अधिकार र स्वतन्त्रताको रक्षा गर्न आवाज उठाइरहेका छन्।’

अमेरिकामा बीबीसीको साझेदार सीबीएस न्युजका अनुसार, राष्ट्रपति चुनाव हारेपछि कमला ह्यारिस २०२६ मा आफ्नो गृहराज्य क्यालिफोर्नियामा गभर्नर पदका लागि चुनाव लड्ने सोचमा छिन्।

अमेरिका राष्ट्रपति डोनाल्ड ट्रम्पले आइतबार लस एन्जलसमा भइरहेको विरोध प्रदर्शन रोक्न २ हजार नेसनल गार्ड सेना तैनाथ गर्ने आदेश दिएका थिए।

लस एन्जलसमा जारी प्रदर्शन अवैध आप्रवासी धरकपडको विरोधमा हो। 

आप्रवासी प्रदर्शनका कारण लस एन्जलस शुक्रबारदेखि अशान्त छ। प्रदर्शनकारीले आगजनीसमेत गरेका छन्।

यस क्रममा हालसम्म २९ जनालाई पक्राउ गरिएको अमेरकी अधिकारीले बताएका छन्। 

अमेरिकामा डोनाल्ड ट्रम्प दोस्रोपटक राष्ट्रपति बनेपछि गैरकानुनी रूपमा बसोबास गरिरहेका आप्रवासीविरुद्ध कडाइ गरिएको छ।

अवैध आप्रवासीलाई धमाधम अमेरिकाबाट निकालेर उनीहरूकै देशमा फर्काउने क्रम चलिरहेको छ। 

यसै क्रममा गएराति मात्र ३७ नेपालीलाई अमेरिकाले नेपाल फर्काइदिएको छ।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad