इजरायली सेनाले गाजाबाट अमेरिकी मूलका इजरायली दम्पतीको शव बरामद गरेको बताएको छ।
जारी विज्ञप्तिअनुसार ७० वर्षीया जुडी वाइनस्टाइन हाग्गाई र उनका पति ७२ वर्षीय गादी हाग्गाईको शव फेला पारिएको हो।
उनीहरूलाई हमासले ७ अक्टोबर २०२३ मा दक्षिणी इजरायलमा आक्रमण गर्दा बन्धक बनाएको थियो।
जुडी वाइनस्टाइन हाग्गाई क्यानेडियन नागरिक पनि थिइन्।
बीबीसीका अनुसार गाजाको दक्षिणी खान युनिस क्षेत्रबाट बरामद उनीहरूको शव फोरेन्सिक जाँचका लागि इजरायल ल्याइएको छ।
गाजामा अझै ५६ जना हमासको कब्जामा रहेको र तीमध्ये कम्तीमा २० जना जीवित रहेको आशा छ।
657
Shares

प्रतिक्रिया