भारतीय राज्य आसाममा पछिल्लो चार दिनमा मात्र बाढी र पहिरोका कारण १२ जनाको मृत्यु भएको छ।
भारतीय सञ्चारमाध्यमका अनुसार पछिल्लो २४ घण्टामा बाढीमा डुबेर थप दुई जनाको मृत्यु भएपछि आसाममा बाढी-पहिरोका कारण ४ दिनभित्र ज्यान गुमाउनेको संख्या १२ पुगेको हो।
आसाम राज्य विपद् व्यवस्थापन प्राधिकरणका अनुसार, हाल राज्यका २२ जिल्लाका १ हजार २ सय ५४ गाउँ डुबानमा परेका छन्।

बाढीका कारण सबैभन्दा बढी क्षति श्रीभूमि (पहिले करिमगन्ज), कछार, हैलाकाण्डी, लखिमपुर र नागांव जिल्लामा भएको छ।
171
Shares

प्रतिक्रिया