कारोबार


राष्ट्र बैंकमा उच्चपदस्थहरूको जिम्मेवारी हेरफेर, सुपरिवेक्षण विभागमा रावल

राष्ट्र बैंकमा उच्चपदस्थहरूको जिम्मेवारी हेरफेर, सुपरिवेक्षण विभागमा रावल

नेपालखबर
जेठ २०, २०८२ मंगलबार १३:१४, काठमाडौँ

नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले उच्चपदस्थ कर्मचारीहरुको जिम्मेवारी फेरदबल गरेका छन्।

मंगलबारबाट लागू हुने गरी निर्देशकबाट कार्यकारी निर्देशकमा बढुवा भएका दीर्घराज रावललाई बैंक सुपरिवेक्षण विभाग प्रमुख बनाएका  हुन्।

मुद्रण विभागमा निर्देशक रहेका उनी बढुवा भएसँगै मंगलबारबाट सुपरिवेक्षण विभाग सम्हाल्नेछन्। 

यता सुपरिवेक्षण विभाग प्रमुख रहेका राष्ट्र बैंकका प्रवक्ता रामु पौडेललाई भने गभर्नरले मुद्रण विभाग प्रमुख बनाएका छन्।

मुद्रण विभाग प्रमुख रहेका प्रदीपराज पौडेललाई सूचना तथा प्रविधि विभागको प्रमुख बनाएपछि रामुलाई मुद्रण विभागको जिम्मेवारी दिइएको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad