ग्लोबल


अमेरिकाले इरानलाई पठायो आणविक सम्झौताको प्रस्ताव

अमेरिकाले इरानलाई पठायो आणविक सम्झौताको प्रस्ताव

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प (बायाँ) र इरानका सर्वोच्च नेता अयातोल्लाह अली खामेनी (दायाँ) (फाइल फोटो)


नेपालखबर
जेठ १८, २०८२ आइतबार ९:३२, काठमाडौँ

अमेरिकाले इरानलाई आणविक सम्झौताको प्रस्ताव पठाएको छ।

इरानका विदेशमन्त्री अब्बास अराघचीले ओमानका विदेशमन्त्री बद्र बिन हम्माद अल-बुसैदीले तेहरानमा भएको भेटघाटका क्रममा उनलाई ‘अमेरिकी प्रस्तावका केही महत्त्वपूर्ण बुँदा’ बताएका छन्।

यो प्रस्ताव, संयुक्त राष्ट्रसंघको आणविक एजेन्सीले आफ्नो प्रतिवेदनमा इरानले आणविक हतियार बनाउन प्रयोग गरिने युरेनियम वृद्धि गरिरहेको रिपोर्ट गरेका बेला आएको हो। 

ह्वाइट हाउसकी प्रवक्ता क्यारोलिन लेभिटले यो सम्झौता स्वीकार गर्नु इरानको हितमा हुने दाबी गरेकी छन्। 

उनले भनिन्, ‘राष्ट्रपति ट्रम्पले स्पष्ट रूपमा भनेका छन्- इरानलाई कहिल्यै आणविक बम बनाउन दिइने छैन।’

लेभिटले यो प्रस्ताव राष्ट्रपति ट्रम्पका मध्यपूर्वका लागि विशेष दूत स्टिभ विटकफले तयार पारेको जानकारी दिँदै प्रस्ताव विस्तृत र स्वीकार्य रहेको जिकिर पनि गरेकी छन्। 

इरानका विदेशमन्त्री अब्बास अराघचीले सामाजिक सञ्जाल प्लेटफर्म एक्समार्फत इरानले आफ्नो देशको सिद्धान्त, जनताको हित र अधिकारलाई ध्यानमा राखेर प्रस्तावको जवाफ दिने उल्लेख गरेका छन्। 

हाल यस सम्झौताबारे धेरै जानकारी सार्वजनिक नगरिएको बीबीसीले जनाएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad