परराष्ट्रमन्त्री डा.आरजु राणा देउवा हङकङबाट स्वदेश फर्किएकी छन्।
चीनको विशेष प्रशासकीय क्षेत्र हङकङमा चीन सरकारद्वारा यही जेठ १६ गते आयोजित अन्तर्राष्ट्रिय मध्यस्थता संगठन स्थापना गर्ने महासन्धिको हस्ताक्षर समारोहमा सहभागी भएर गएराति राणा स्वदेश फर्किएकी हुन्।
राणा चिनियाँ विदेशमन्त्री वाङ यीको निमन्त्रणामा यही जेठ १४ गते हङकङ प्रस्थान गरेकी थिइन्। नेपाल अन्तर्राष्ट्रिय मध्यस्थता संगठन स्थापना गर्नेसम्बन्धी महासन्धिको हस्ताक्षर कार्यक्रममा पर्यवेक्षकका रूपमा सहभागी भएको हो।
त्यहाँ रहँदा उनले चिनियाँ विदेशमन्त्री वाङ यीसँग भेटवार्ता गरेकी छन्। सो भेटले नेपाल र चीनबिचको मैत्रीपूर्ण सम्बन्ध अझ सुदृढ हुने विश्वाससमेत उनले व्यक्त गरेकी छन्।
6
Shares

प्रतिक्रिया