अमेरिकाको सान डिएगोस्थित आवासीय क्षेत्रमा बिहीबार बिहान विमान खस्दा धेरै जनाको मृत्यु भएको आशंका गरिएको छ।
विमान आवासीय क्षेत्रका धेरैवटा घरमा ठोकिँदा आगलागी भएको थियो।
अधिकारीहरूले दुर्घटना क्षेत्रबाट ठूलो संख्यामा मानिसहरूलाई सुरक्षित रूपमा बाहिर निकालिएको बताएका छन्।
विमान खसेपछि धेरैवटा सवारीसाधनमा आगो लागेको थियो।

यो दुर्घटना स्थानीय समयअनुसार बिहीबार बिहान ३:४५ बजे भएको थियो।
उक्त क्षेत्रमा कुहिरो लागेका कारण विमान दुर्घटना भएको बताइएको छ।
दुर्घटनामा परेको जहाज सेस्ना ५५० थियो। यो सानो विमानमा ८ देखि १० जना चढ्न सक्छन्।

यद्यपि, दुर्घटनाग्रस्त विमानमा कति जना सवार थिए भन्नेबारे अझै थाहा हुन सकेको छैन।
3.8k
Shares

प्रतिक्रिया