ग्लोबल


पाकिस्तानलाई मोदीको चेतावनी: आणविक ‘ब्ल्याकमेल’ सह्य छैन

पाकिस्तानलाई मोदीको चेतावनी: आणविक ‘ब्ल्याकमेल’ सह्य छैन

नेपालखबर
बैशाख ३०, २०८२ मंगलबार ६:४५, काठमाडौँ

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले आतंकवादको जरा निस्कने गरी कडा कारबाही गरिने चेतावनी दिएका छन्। 

पाकिस्तानसँग लडाइँ र युद्धविरामपछि पहिलोपटक सोमबार राति राष्ट्रलाई सम्बोधन गर्दै मोदीले भारतमा आतंकवादी आक्रमण भयो भने उचित जवाफ दिइने बताएका हुन्। 

सोमबार राति ८ बजे राष्ट्रका नाममा सम्बोधन गर्दै मोदीले भने, "यदि भारतमा आतंकवादी आक्रमण भयो भने उचित जवाफ दिइनेछ। हामी आफ्नै तरिकाले र आफ्नै सर्तमा जवाफ दिनेछौँ। आतंकवादको जरा निस्कने हरेक ठाउँमा हामी कडा कारबाही गर्नेछौँ।’

अप्रिल २२ तारखि पहलगाममा २६ जनाको ज्यान जाने गरी भएको आतंकवादी हमलापछि भारतले मे ६-७ को राति पाकिस्तान र पाकिस्तान प्रशासित कश्मीरमा हवाई आक्रमण गरेको थियो। जसलाई ‘अपरेसन सिन्दूर’ नाम दिइएको थियो। 

यसपछि पाकिस्तानले पनि मे १० का दिन जवाफी हमलाको घोषणा गरेको थियो। तर अमेरिकालगायत देशको मध्यस्थतामा त्यही दिन साँझदेखि दुई देशबीच युद्धविरामको सहमति भएको छ। 

यसैबीच भारतीय प्रधानमन्त्री मोदीले सोमबार राति राष्ट्रलाई सम्बोधन गरेका हुन्। 

उनले सम्बोधनमा थप भने, ‘भारतले कुनै पनि आणविक ब्ल्याकमेल सहँदैन। भारतले आणविक ब्ल्याकमेलको आवरणमा फस्टाइरहेका आतंकवादी अड्डाहरूमा सटिक र निर्णायक प्रहार गर्नेछ।’

उनले यो पनि भने, ‘हामी आतंकवादलाई संरक्षण गर्ने सरकार र आतंकका मालिकहरूलाई अलग देख्ने छैनौँ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad