ग्लोबल


युद्धविरामपछि भारतीय सेनाको दाबी: ‘अपरेसन सिन्दूर’मा १०० आतंककारी मारिए

युद्धविरामपछि भारतीय सेनाको दाबी: ‘अपरेसन सिन्दूर’मा १०० आतंककारी मारिए

लेफ्टिनेन्ट जनरल राजीव घई


नेपालखबर
बैशाख २८, २०८२ आइतबार २२:३, काठमाडौँ

भारत र पाकिस्तानबीच युद्धविराम सम्झौता भएपछि भारतीय सेनाले आइतबार साँझ पहिलोपटक पत्रकार सम्मेलन गरेको छ।

जसमा डीजीएमओ लेफ्टिनेन्ट जनरल राजीव घईले 'अपरेसन सिन्दूर'मा १०० भन्दा बढी आतंककारी मारिएको बताएका छन्।

पत्रकार सम्मेलनमा सेनाका तर्फबाट लेफ्टिनेन्ट जनरल राजीव घई, वायुसेनाका तर्फबाट एयर मार्सल एके भारती र नौसेनाका तर्फबाट भाइस एडमिरल एएन प्रमोद र मेजर जनरल एसएस शारदाले अपरेसन सिन्दूरबारे विस्तृत जानकारी दिए।

राजीव घईले ब्रिफिङका क्रममा भने, ‘सेनाद्वारा नौ आतंकवादी लुकेका ठाउँमा सटिक लक्ष्यका साथ आक्रमण गरियो। आक्रमणमा १०० भन्दा बढी आतंककारी मारिए। यसमा युसुफ अजहर, अब्दुल मलिक रौफ र मुदस्सिर अहमदजस्ता उच्च मूल्यका आतंककारी थिए।’

उनले थपे, ‘यी तीन जना आईसी ८१४ को अपहरण र पुलवामा विस्फोटमा संलग्न थिए।’

लेफ्टिनेन्ट जनरल घईका अनुसार भारतको कारबाहीको तुरुन्तैपछि पाकिस्तानले नियन्त्रण रेखाको पनि उल्लंघन गर्‍यो।

उनले भने, ‘यो शत्रुको अनियमित र आतंकित प्रतिक्रिया थियो, परिणामस्वरूप दुर्भाग्यवश ठूलो संख्यामा नागरिक, गाउँ र गुरुद्वाराजस्ता धार्मिक स्थललाई निशाना बनाइएको थियो। यसमा धेरै नागरिकले आफ्नो ज्यान गुमाए।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad