ग्लोबल


पाकिस्तानको आक्रमणमा भारतीय सैनिक मारिए

पाकिस्तानको आक्रमणमा भारतीय सैनिक मारिए

नेपालखबर
बैशाख २५, २०८२ बिहिबार ५:२४, काठमाडौँ

जम्मु कश्मीरको पुंछ सेक्टरमा पाकिस्तानी सेनाले गरेको गोलाबारीमा भारतीय सेनाका एक जवान दिनेश कुमार शर्माको मृत्यु भएको छ।

'पुंछ सेक्टरमा निर्दोष नागरिकहरूमाथि लक्षित आक्रमणका सबै पीडितहरूसँग हामी ऐक्यबद्धतामा उभिएका छौँ', भारतीय सेनाले एक्समा लेखेको छ।

यसैबीच हरियाणाका मुख्यमन्त्री नायब सिंह सैनीले पनि सेनाका जवान शर्माप्रति श्रद्धाञ्जली अर्पण गरेका छन्।

उनले लेखेका छन्, 'अपरेसन सिन्दूरपछि आज (बुधबार) बिहान जम्मुको पुंछमा भारत माताका वीर सपुत हरियाणाको पलवलका पुत्र, जवान दिनेश कुमार शर्माजीले पाकिस्तानबाट भएको गोलाबारीको साहसपूर्वक सामना गर्दै आफ्नो जीवनको सर्वोच्च बलिदान दिनुभयो।'

भारतीय सेनाले भनेको छ, 'पाकिस्तानले फेरि एकपटक युद्धविराम सम्झौताको उल्लंघन गरेको छ।'

अप्रिल २२ मा जम्मु-कश्मीरको पहलगाममा आतंककारीले २६ जनाको हत्या गरेको बदलामा भारतले मंगलबार राति पाकिस्तानमा हवाई हमला गरेको हो।

जसमा २६ जना नागरिकको मृत्यु तथा ४६ जना घाइते भएको पाकिस्तानी सैन्य प्रवक्ताले बताएका छन्।

त्यसपछि बुधबार बिहान पाकिस्तानले कश्मीर क्षेत्रमा गरेको गोलाबारीमा १५ जना मारिएको र ४३ जना घाइते भएको भारतीय सेनाले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad