समाज


बसको ठक्करबाट मोटरसाइकलमा सवार युवकको मृत्यु, चालक गम्भीर घाइते

पूर्व–पश्चिम राजमार्गमा डेढ घण्टा यातायात अवरुद्ध
बसको ठक्करबाट मोटरसाइकलमा सवार युवकको मृत्यु, चालक गम्भीर घाइते

नेपालखबर
बैशाख २५, २०८२ बिहिबार ५:३६, बाँके

बाँकेमा बसले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ। अर्का एकजना गम्भीर घाइते भएका छन्।

राप्तीसोनारी गाउँपालिका– १ कुसुमस्थित सौरीमा बुधबार साँझ बसको ठक्करबाट मोटरसाइकलमा सवार एक जनाको घटनास्थलमा मृत्यु भएको हो भने मोटरसाइकल चालक गम्भीर घाइते भएका जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ। 

पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको भे ९ प ६४२८ नम्बरको मोटरसाइकललाई सोही दिशातर्फ गइरहेको बा ०१–०६ ख ३५९३ नम्बरको बसले ठक्कर दिँदा राप्ती सोनारी गाउँपालिका–९ ढकेरी निवासी ३२ वर्षीय सुदीप सुवेदीको घटनास्थलमै मृत्यु भएको प्रहरी नायब उपरीक्षक दीपक पातलीले जानकारी दिए। 

दुर्घटनामा मोटरसाइकल चालक ढकेरीका ३७ वर्षीय  हीरासिंह ओली गम्भीर घाइते भएका छन्। घाइते ओलीलाई नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ। 

उक्त घटनापछि करिब ढेड घण्टा पूर्व–पश्चिम राजमार्गको ढकेरी खण्ड अवरुद्ध भएको थियो। स्थानीयसँग क्षतिपूर्तिका विषयमा बिहीबार छलफल गरेर टुङ्गो लगाउने सहमति गरी शव परीक्षणका लागि भेरी अस्पताल नेपालगन्ज ल्याइएको छ। रासस
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad