ग्लोबल


पाकिस्तानले गर्‍यो अर्को क्षेप्यास्त्र परीक्षण

पाकिस्तानले गर्‍यो अर्को क्षेप्यास्त्र परीक्षण

नेपालखबर
बैशाख २२, २०८२ सोमबार १५:१४, काठमाडौँ

पाकिस्तानले सोमबार अर्को क्षेप्यास्त्र (फतह मिसाइल) परीक्षण गरेको छ।

पाकिस्तानी सेनाले यो सतहदेखि सतहसम्म प्रहार गर्न सक्ने क्षेप्यास्त्रको दायरा १२० किलोमिटर रहेको बताएको छ।

फतह मिसाइल पाकिस्तानद्वारा विकसित एक रणनीतिक ब्यालिस्टिक मिसाइल प्रणाली हो।

पाकिस्तानी सेना प्रमुख जनरल असिम मुनिर

यसअघि मे ३ मा पाकिस्तानले अब्दाली नामक ब्यालिस्टिक क्षेप्यास्त्रको सफलतापूर्वक परीक्षण गरेको बताएको थियो। यो क्षेप्यास्त्रको दायरा ४५० किलोमिटर छ।

अप्रिल २२ मा जम्मु-कश्मीरको पहलगाममा आतंककारीले २६ जनाको हत्या गरेयता भारत र पाकिस्तानबीच मनमोटाव बढेको छ। उक्त घटनामा पाकिस्तानको हात रहेको आरोप लगाउँदै भारतले उसविरुद्ध विभिन्न निर्णय गरेपछि पाकिस्तान सशंकित छ। 

यस क्रममा दुवै देशले एकअर्काविरुद्ध विभिन्न तयारी गरिरहेको समाचार आइरहेका छन्। 

यसैबीच भारतीय सुरक्षा बलले सोमबार जम्मु-कश्मीरको पुंछमा आतंकवादी लुक्ने ठाउँ पत्ता लगाएको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन्। जहाँबाट ५ वटा आईईडी, वायरलेस सेट र केही लुगा पनि बरामद गरिएको बताइएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad