ग्लोबल


पाकिस्तानी प्रधानमन्त्री शरिफको युट्युब च्यानल र इन्स्टाग्राम भारतमा ब्लक

पाकिस्तानी प्रधानमन्त्री शरिफको युट्युब च्यानल र इन्स्टाग्राम भारतमा ब्लक

नेपालखबर
बैशाख १९, २०८२ शुक्रबार २०:५७, काठमाडौँ

पहलगाम आक्रमणपछि शुक्रबार भारतमा पाकिस्तानी प्रधानमन्त्री शाहबाज शरिफको आधिकारिक युट्युब च्यानल र इन्स्टाग्राम अकाउन्ट ब्लक गरिएको छ। 

यसअघि पाकिस्तानी क्रिकेटर बाबर आजम, हरिस रौफ, मोहम्मद रिजवान र शाहिन अफ्रिदीको इन्स्टाग्राम अकाउन्ट पनि भारतमा ब्लक गरिसकिएको छ।

२२ अप्रिल २०२५ मा पहलगामको बैसरन उपत्यकामा आतंकवादी आक्रमण हुँदा एक नेपालीसहित २६ जना मारिएका थिए। जसमा भारतले पाकिस्तानलाई दोष दिएको छ।

जसका कारण भारतले पाकिस्तानसँगको सिन्धु जल सन्धि निलम्बन, अटारी-वाघा सीमा बन्दलगायत कारबाही गरेको छ। 

पाकिस्तानले भारतबाट आउने सबै विमानलाई आफ्नो हवाई मार्गमा प्रतिबन्ध लगाएको छ भने भारतले पनि पाकिस्तानी विमानका लागि आफ्नो हवाई क्षेत्र बन्द गरेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad