ग्लोबल


भारत र पाकिस्तानलाई मिलेर काम गर्न साउदीको आग्रह

भारत र पाकिस्तानलाई मिलेर काम गर्न साउदीको आग्रह

फाइल तस्बिर: पाकिस्तानका प्रधानमन्त्री शाहबाज शरिफ र भारतका प्रधानमन्त्री नरेन्द्र मोदी


नेपालखबर
बैशाख १८, २०८२ बिहिबार ६:२७, काठमाडौँ

साउदी अरेबियाले भारत र पाकिस्तानबीच जारी तनावप्रति चिन्ता व्यक्त गरेको छ।

साउदी अरबको विदेश मन्त्रालयले सामाजिक सञ्जालमार्फत यस विषयमा विज्ञप्ति जारी गरेको छ।

विदेश मन्त्रालयले आफ्नो पोस्टमा भनेको छ, ‘साउदी अरेबियाले भारत र पाकिस्तानबीच बढ्दो तनाव र दुवै देशबाट सीमापार निरन्तर गोलीबारी भएकामा चिन्ता व्यक्त गर्दछ।’

साउदी शासनले दुवै पक्षलाई तनाव कम गर्न र विवाद कूटनीतिक रूपले समाधान गर्न अपिल गरेको छ।

साउदी अरेबियाले दुवै देशलाई जनता र क्षेत्रको शान्ति र स्थिरताका लागि मिलेर काम गर्न आग्रह गरेको छ।

यसअघि सोमबार चीन, अमेरिका, टर्की र कतारले भारत र पाकिस्तानले विवाद कम गर्ने आशा व्यक्त गरेका थिए।

अप्रिल २२ मा जम्मु-कश्मीरको पहलगाममा आतंककारी हमला गरी २६ पर्यटक मारिएयता भारत र पाकिस्तानबीच मनमोटाव बढेको छ। एकअर्कालाई धमाधम कारबाही गरिरेहका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad