म्यानचेस्टर सिटीका फरवार्ड एर्लिङ हालान्ड प्रशिक्षणमा फर्किएका छन्। एङ्कल इन्ज्युरीका कारण मैदान बाहिर रहेका हालान्ड प्रशिक्षणमा फर्किएका हुन्।
एफए कपको क्वार्टरफाइनलमा बर्नमाउनलाई २–१ ले हराउँदा हालान्डले चोट बोक्न पुगेका थिए। चोटपछि व्यक्तिगत रुपमा नै एक्लै रिकभरीका लागि लागेका हालान्ड बुधबार टोलीसँगै प्रशिक्षणमा सामेल भएका हुन्।
उनी खेलमा कहिले फर्कनेछन् भन्ने यकिन नभएको प्रशिक्षक पेप ग्वार्डियोलाले भने। उनले थपे, प्रिमियर लिगमा वुल्भ्सविरुद्धको खेलअघि यसबारेमा केही भन्न सकिने आशा छ।
यो सिजन हालान्डले क्लब र देशका लागि ३९ गोल गरिसकेका छन्।
यस्तै २८ वर्षिय मिडफिल्डर रोड्रि पनि टोलीसँग प्रशिक्षण गरिरहेका छन्। सेप्टेम्बरदेखि घुँडाको गम्भीर चोटका कारण उनी पनि बाहिर छन्।
प्रिमियर लिगमा सिटी अहिले चौथो स्थानमा रहेको छ। सिटीले अब एफए कपको उपाधिका लागि मे १७ मा क्रिष्टल प्यालेसविरुद्ध खेल्ने तालिका छ।
Shares

प्रतिक्रिया