अफगानिस्तान, पाकिस्तान र उज्बेकिस्तानमा बुधबार भूकम्प गएको छ।
नवभारत टाइम्सका अनुसार अफगानिस्तानको हिन्दुकुशको पर्वतमालाबीच केन्द्रबिन्दु भएर ४.५ म्याग्निच्युडको भूकम्प गएको हो।
भूकम्प आउँदा मानिसहरू घरबाट बाहिर निस्किए।
भूकम्पबाट कुनै पनि प्रकारको जनधनको क्षति भएको रिपोर्ट आएको छैन।
भूकम्पको धक्का अफगानिस्तान, ताजिकिस्तान र उज्बेकिस्तानमा पनि महसुस गरिएको थियो।
222
Shares

प्रतिक्रिया