नेपालमा लिपमोटर सवारी साधनको अधिकृत आयातकर्ता साङ्ग्रिला मोटर्स प्रा. लि., ले आगामी एनएआईएमए मोबिलिटी शोमा बहुप्रतीक्षित लिपमोटर बी१० सार्वजनिक गर्ने घोषणा गरेको छ।
यसले नेपालको इलेक्ट्रिक मोबिलिटीको भविष्यमा नयाँ परिवर्तन ल्याउने प्रतिबद्धता अझ बलियो बनाउने कम्पनीको विश्वास छ।
२१औँ शाङ्ग्हाई अन्तर्राष्ट्रिय अटोमोबाइल उद्योग प्रदर्शनी- अटो शाङ्ग्हाई २०२५ मा अन्तर्राष्ट्रिय रुपमा डेब्यू गरेको बी१०, अब विश्वव्यापी बजारमा प्रवेश गर्न तयारी अवस्थामा छ। ती मध्ये नेपाली बजारमा यसको आगमन हुने पक्का भएको कम्पनीले जानकारी दिएको छ।
लिपमोटरको ३.५ आर्किटेक्चरमा निर्मित बी१०, वातावरणप्रति सचेत र प्रविधिमैत्री उपभोक्ताहरू लागि डिजाइन गरिएको हो र यसले प्रदर्शन, नवप्रवर्तन र दिगोपनको उत्कृष्ट समिश्रण प्रदान गर्दछ। सो गाडीको विशेषताहरु नाइमा मोबिलिटी शोमा सार्वजनिक गरिनेछ।
साङ्ग्रिला मोटर्स प्रा. लि. प्रतिष्ठित गोल्छा अर्गनाइजेसनको सदस्य हो, जुन २०१७ देखि प्यूजोको एकमात्र आधिकारिक आयातकर्ता र २०२१ देखि सिट्रोएनको आधिकारिक आयातकर्ता रहेको छ।
सी१० र लिपमोटर टी०३ को हालको लञ्च र अहिले बी१० को अनावारणले कम्पनीको नेपालमा विश्वस्तरीय अटोमोटिभ ब्रान्ड ल्याउने प्रतिबद्धता अझ सुदृढ बनाएको छ।
Shares

प्रतिक्रिया