ग्लोबल


कर्नाटकका पूर्वप्रहरी महानिर्देशक घरमै मृत भेटिए, पत्नी पक्राउ

कर्नाटकका पूर्वप्रहरी महानिर्देशक घरमै मृत भेटिए, पत्नी पक्राउ

नेपालखबर
बैशाख ७, २०८२ आइतबार २१:४६, काठमाडौँ

भारतीय राज्य कर्नाटकका पूर्वप्रहरी महानिर्देशक (डीजीपी) ओम प्रकाशको आइतबार बेंगलुरुस्थित आफ्नै निवासमा मृत फेला परेका छन्। 

भारतीय सञ्चारमाध्यमका अनुसार सन् १९८१ ब्याचका वरिष्ठ आईपीएस अधिकारी ओम प्रकाशको शव घरभित्र रगतले लतपतिएको अवस्थामा फेला परेको थियो।

प्रारम्भिक अनुसन्धानमा प्रहरीले हत्याको आशंका गरेको छ र शंकाको सुई उनकै श्रीमतीतिर सोझिएको छ। 

घटनाका समयमा श्रीमती र छोरी घरमै थिए।

हाल प्रहरीले शव पोस्टमार्टमका लागि पठाएको छ र श्रीमतीलाई हिरासतमा लिएर सोधपुछ गरिरहेको छ।

६८ वर्षीय ओम प्रकाश १९८१ ब्याचका आईपीएस अधिकारी थिए र बिहारस्थित चम्पारण जिल्लाका मूल निवासी थिए।

उनले भूविज्ञानमा एमएस्सी गरेका थिए। उनी २०१५ मार्च १ मा कर्नाटकको डीजीपी नियुक्त भएका थिए। आफ्नो करिअरमा उनले कडा र इमान्दार अधिकारीको छवि बनाएका थिए।

हाल उनको शव पोस्टमार्टमका लागि अस्पताल पठाइएको छ। रिपोर्ट आएपछि मृत्युको कारण पत्ता लाग्नेछ। 

बेंगलुरु प्रहरीको विशेष टोलीले घटनाबारे हरेक कोणबाट अनुसन्धान गरिरहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad