ग्लोबल


पाकिस्तान र अफगानिस्तानमा ठूलठूला असिनाले विध्वंश

पाकिस्तान र अफगानिस्तानमा ठूलठूला असिनाले विध्वंश

पाकिस्तानमा असिनाले गरेको क्षति।


नेपालखबर
बैशाख ४, २०८२ बिहिबार ८:२९, काठमाडौँ

बुधबार अचानक परेका ठूलठूला असिनाले पाकिस्तानको राजधानी इस्लामाबाद र अफगानिस्तानको सीमावर्ती खैबर पख्तुनख्वा प्रान्तमा विनाश मच्चाएको छ।

असिनाले सयौँ सवारीसाधन र घरका झ्यालका सिसा फुटेका छन्। 

बीबीसी उर्दुका अनुसार इस्लामाबादका बासिन्दाले जीवनमा यति ठूला असिना पहिलोपटक देखेको बताएका छन्।

खैबर पख्तुनख्वा क्षेत्रमा पनि असिना परेको थियो र भारी वर्षाका कारण लन्डी कोटल डुबानमा परेको छ। जसका कारण धेरै सवारीसाधन पानीमा बगेका थिए।

असिनापानीका कारण धेरै कारका सिसा फुटेका भिडिओ र तस्बिर सामाजिक सञ्जालमा भाइरल भइरहेका छन्।

एउटा तस्बिर:

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad