ग्लोबल


मुम्बई आक्रमणका मास्टरमाइन्ड तहव्वुर राणालाई अमेरिकाबाट ल्याइयो भारत

मुम्बई आक्रमणका मास्टरमाइन्ड तहव्वुर राणालाई अमेरिकाबाट ल्याइयो भारत

स्केच तस्बिर


नेपालखबर
चैत २८, २०८१ बिहिबार २०:५६, काठमाडौँ

२००८ को मुम्बई आतंकवादी हमलाका मास्टरमाइन्ड तहव्वुर राणालाई अमेरिकाबाट भारत ल्याइएको छ।

भारतीय सञ्चारमाध्यमका अनुसार उनलाई अमेरिकाबाट लिएर आएको विमान बिहीबार दिल्लीमा अवतरण भएको छ।

समाचार एजेन्सी आईएएनएसका अनुसार अमेरिकी गल्फस्ट्रिम जी५५० विमान दिल्लीको पालम प्राविधिक विमानस्थलमा अवतरण गरेको हो।

यहाँबाट राणालाई सिधै राष्ट्रिय अनुसन्धान एजेन्सी (एनआईए) मुख्यालयमा लगिनेछ। एनआईए मुख्यालय बाहिर कडा सुरक्षा व्यवस्था मिलाइएको छ।

राणालाई दिल्लीको तिहार जेलको उच्च सुरक्षा वार्डमा राखिनेछ। कारागार प्रशासनले यसका लागि आवश्यक व्यवस्था मिलाएको छ। यद्यपि, उनलाई कहिले र कुन वार्डमा राख्ने भन्ने अन्तिम निर्णय अदालतको आदेशपछि मात्र हुनेछ।

अनुसन्धान एजेन्सी एनआईए र गुप्तचर एजेन्सी रअको संयुक्त टोली बुधबार राणालाई लिएर अमेरिकाबाट भारत प्रस्थान गरेको थियो।

तहव्वुर राणालाई एफबीआईले अक्टोबर २००९ मा अमेरिकाको शिकागोमा पक्राउ गरेको थियो।

उनीलाई मुम्बई र कोपेनहेगनमा २६/११ को आतंकवादी हमला गर्न आवश्यक सामग्री उपलब्ध गराएको मुद्दा लागेको थियो। 

मुम्बई आक्रमणका मास्टरमाइन्ड रिचर्ड हेडलीको बयानका आधारमा तहव्वुर राणालाई १४ वर्षको जेल सजाय सुनाइएको थियो।

महाराष्ट्रका उपमुख्यमन्त्री एकनाथ शिन्देले एक्समा लेखेका छन्- देशमा भएको सबैभन्दा ठूलो २६/११ आतंकवादी हमलाका मास्टरमाइन्ड तहव्वुर राणालाई भारत ल्याइएको छ। यसको लागि म देशका प्रधानमन्त्री नरेन्द्र मोदीलाई धन्यवाद दिन्छु।

२६ नोभेम्बर २००८ मा आतंकवादी संगठन लश्कर-ए-तैयबाका १० आतंककारीहरूले मुम्बईमा चार दिनसम्म आक्रमण गरेका थिए। जसमा ९ आक्रमणकारीसहित १७५ जनाको मृत्यु भएको थियो भने ३०० भन्दा बढी घाइते भएका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad