ग्लोबल


अमेरिका-चीन आमनेसामने, ट्रम्पले १०४ प्रतिशत पुर्‍याए कर

अमेरिका-चीन आमनेसामने, ट्रम्पले १०४ प्रतिशत पुर्‍याए कर

चीनका राष्ट्रपति सी चिनफिङ र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प


नेपालखबर
चैत २७, २०८१ बुधबार ७:५०, काठमाडौँ

अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनविरुद्ध थप ५० प्रतिशत कर (भन्सार शुल्क) लगाएका छन्।

यससँगै अब चीनबाट अमेरिका आउने सामानमा कूल भन्सार १०४ प्रतिशत पुगेको छ। 

अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाइट हाउसले जारी गरेको दस्तावेजमा यो कुरा पुष्टि भएको बीबीसीले जनाएको छ।

ह्वाइट हाउसको विज्ञप्तिमा भनिएको छ, 'चीनले अमेरिकाविरुद्ध बदला लिने घोषणा गरेपछि यो कदम चालिएको हो।'

आफ्नो दोस्रो कार्यकालको सुरुमै ट्रम्पले चीनलाई २० प्रतिशत कर लगाए भने यसपछि सम्पूर्ण विश्वमा कर घोषणा गर्दा उनले चीनलाई थप ३४ लगाए।

अब अहिले ५० प्रतिशत थप्दा चीनविरुद्ध कूल भन्सार महसुल १०४ प्रतिशत पुगेको हो। 

ट्रम्पले सोमबार नै चीनले अमेरिकी सामानमा आयात शुल्क लगाउने निर्णय फिर्ता नलिएमा थप ५० प्रतिशत कर लगाउने घोषणा गरेका थिए। 

ट्रम्पको भनाइको जवाफमा चीनको वाणिज्य मन्त्रालयले अमेरिकी 'ब्ल्याकमेल' स्वीकार नगर्ने र यसविरुद्ध अन्त्यसम्म लड्ने बताइसकेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad