अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले थप भन्सार शुल्क लगाउने चेतावनी दिएपछि चीनले कडा प्रतिक्रिया दिएको छ।
चीनको वाणिज्य मन्त्रालयले ट्रम्पको धम्कीलाई 'अर्को ठूलो गल्ती' भनेको छ।
अमेरिकाका कुनै पनि धम्कीपूर्ण व्यवहार कहिल्यै स्वीकार नगर्ने उल्लेख गर्दै चिनियाँ मन्त्रालयले ‘ट्यारिफ (भन्सार शुल्क) विरुद्ध अन्तिमसम्म आफ्नो सम्पूर्ण शक्तिका साथ लड्ने’ बताएको छ।
चीनको सत्तारुढ कम्युनिस्ट पार्टीले पनि आफ्नो पत्रिका पिपुल्स डेलीमा यस विषयमा लेख छापेको छ।
लेखमा चीनको प्रतिक्रिया 'उपयुक्त, कानुनी, बलियो र संयमित' रहेको भनिएको छ भने अमेरिकाको रवैया हेर्दा उसले विश्वमा आफ्नो शक्ति देखाउन चाहेको देखिएको उल्लेख गरिएको छ।
‘चीनलाई दबाब र धम्कीबाट सम्हाल्नु सही तरिका होइन’ शीर्षकको लेखमा ट्रम्प प्रशासनको आलोचना गर्दै अमेरिकाले ट्यारिफलाई हतियारका रूपमा प्रयोग गरिरहेको र चीन अन्तर्राष्ट्रिय सहयोग र समानताको समर्थक रहेको दाबी गरिएको छ।
Shares

प्रतिक्रिया