मनाङमा लेक लागेर एकजना विदेशी पर्यटकको मृत्यु भएको छ।
तिलिचो तालबाट फर्कने क्रममा लेक लागेर मंगलबार कोरियन पर्यटकको मृत्यु भएको प्रहरीले जनाएको छ।
मृत्यु हुनेमा कोरियाली नागरिक म्येङोक जोङ रहेका जिल्ला प्रहरी कार्यालय मनाङले जनाएको छ।
तिलिचो तालबाट ङिस्याङ गाउँपालिका–९ माथिल्लो श्रीखर्क भन्ने ठाउँमा आइपुग्दा उनको मृत्यु भएको हाे।
उनको शव परीक्षणपछि काठमाडौँ पठाइने मनाङका सहायक प्रमुख जिल्ला अधिकारी युवराज अर्यालले जानकारी दिए।
171
Shares

प्रतिक्रिया