इजरायलले दुई बेलायती सांसदहरूलाई प्रवेश निषेध भन्दै डिपोर्ट गरेको छ। लेबर पार्टीका युआन याङ र अब्तिसाम मोहमदलाई इजरायली अध्यागमनले फर्काइदिएको हो।
ती सांसदहरूले ‘सुरक्षा फौजको गतिविधि अभिलेख राख्ने र इजरायलविरोधी घृणा फैलाउने’ शंका लागेको भन्दै फिर्ता गरिएको इजरायली अध्यागमन मन्त्रालयले जनाएको छ।
आफूमाथि इजरायली सरकारले गरेको व्यवहारबाट छक्क परेको ती सांसदहरूले बताएका छन्। उनीहरू दुई सहयोगीसहित इजरायल पुगेका थिए। आफूहरू औपचारिक संसदीय प्रतिनिधिमण्डलको सदस्यका रुपमा त्यहाँ पुगेको उनीहरूको भनाइ छ।
बेलायती विदेशमन्त्री डेविड लामीले इजरायलको व्यवहार अस्वीकार्य भएको बताएका छन्।
ती सांसदहरूले भने पछिल्लो समय अन्तराष्ट्रिय कानुन कार्यान्वयनका पक्षमा संसदमा विचार राखेकाले यस्तो गरिएको बताएका छन्।
उनीहरू वेस्ट ब्यांकमा एक मानवीय सहायता परियोजनाको भ्रमणमा जाने तय थियो। एजेन्सी
Shares

प्रतिक्रिया