कारोबार


सामसङको नयाँ ग्यालेक्सी एम१६ फाइभजी नेपालमा, मूल्य कति?

सामसङको नयाँ ग्यालेक्सी एम१६ फाइभजी नेपालमा, मूल्य कति?

नेपालखबर
चैत २४, २०८१ आइतबार १५:२९, काठमाडौँ

सामसङ नेपालले नयाँ ग्यालेक्सी एम१६ फाइभजी नेपालमा सार्वजनिक गरेको छ। 

एमसिरिजमा नयाँ मोन्स्टर डिभाइस ग्यालेक्सी एम१६ फाइभजी बजारमा ल्याएको हो। 

कम्पनीका अनुसार यो फोन मोन्स्टर इनोभेसन र पर्फमेन्सका साथ आएको छ। नयाँ डिजाइनसहित आएको फोनमा एफएचडी प्लस सुपर अमोलेड डिस्प्ले, ६ वर्षको ओएस अपग्रेड र सुरक्षा अपडेट पनि भएको सामसङ नेपालका निर्देशक प्रणयरत्न स्थापितले बताए।

यो फोनमा ६.७ इन्चको एफएचडी प्लस सुपर अमोलेड डिस्प्ले, लिनियर ग्रुप क्यामेरा मोड्युल, सन्तुलित र बोल्ड रंग संयोजन, ७.९ एमएम स्लिम डिजाइन रहेको छ। सार्वजनिक गरिएको फोन ब्लस पिंक, मिन्ट ग्रिन र थन्डर ब्ल्याकमा उपलब्ध रहेको कम्पनीले उल्लेख गरेको छ। 

यो फोनमा मिडिया टेक डाइमेन्सिटी ६३०० प्रोसेसर, ५० मेगापिक्सेलको मुख्य क्यामेरा, ५ मेगापिक्सेलको अल्ट्रा–वाइड, २ एमपीको म्याक्रो क्यामेरा र १३ मेगापिक्सेलको अगाडिको क्यामेरा छ। फोनमा ५००० एमएएचको ब्याट्री र २५ वटाको फास्ट चार्जिङ सपोर्ट छ। 

यो फोन किन्दा ६ वर्षको ओएस अपडेट र ६ वर्षको सुरक्षा अपडेट गराउन सकिने सुविधा छ। यसमा सामसङ नक्स भल्ट सुरक्षा प्रणाली र भ्वाइस फोकस जस्ता फिचर छन्। 

नेपालका सबै स्टोरमा उपलब्ध यो फोन ६जीबी÷१२९ जीबीको मूल्य २६ हजार ९९९ रुपैयाँ रहेको कम्पनीले जनाएको छ। प्रतिमहिना १ हजार ३५० रुपैयाँ तिरेर किस्तामा समेत यो फोन किन्न सकिन्छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad