शेख हसिनालाई शरण दिइरहेको भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र बंगलादेशको अन्तरिम सरकारका प्रमुख सल्लाहकार प्रोफेसर मोहम्मद युनुसबीच शुक्रबार भेटवार्ता भएको छ।
थाइल्यान्डको राजधानी बैंककमा जारी 'बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको पहल' (बिमस्टेक) शिखर सम्मेलनका क्रममा दुई नेताबीच द्विपक्षीय बैठक भएको हो।

बंगलादेशकी अपदस्थ प्रधानमन्त्री हसिनाका कारण भारत र बंगलादेशबीच तनाव भइरहेका बेला दुई देशका शीर्ष नेताबीच भएको भेटघाटलाई महत्त्वपूर्ण मानिएको छ।
त्यसो त यसअघि बिहीबार बेलुका आयोजित डिनरमा पनि युनुस मोदीसँगै बसेका थिए भने अर्को छेउमा प्रधानमन्त्री केपी शर्मा ओली पनि देखिएका थिए।
बंगलादेशमा विद्यार्थी आन्दोलन चर्किएपछि २०२४ अगस्ट ५ तारिख तत्कालीन प्रधानमन्त्री शेख हसिना भारत भागेकी थिइन्।
त्यसबेलादेखि उनी भारतको शरणमा छिन्।
यसबीच बंगलादेशले हसिनालाई फर्काइदिन अनुरोध गरे पनि भारतले सुनुवाइ गरेको छैन।
जसका कारण केही समयता दुई देशबीचको सम्बन्ध तनावपूर्ण बनेको छ।
Shares

प्रतिक्रिया