कारोबार


एससीटी–यूपीआई कार्डवाहकलाई पोखराको अतिथि रिसोर्टमा विशेष छुट

एससीटी–यूपीआई कार्डवाहकलाई पोखराको अतिथि रिसोर्टमा विशेष छुट

नेपालखबर
चैत २२, २०८१ शुक्रबार १३:८, काठमाडौँ

नेपाल राष्ट्र बैंकबाट अनुमति पत्र प्राप्त भुक्तानी प्रणाली सञ्चालक संस्था स्मार्टच्वाइस टेक्नोलोजिज लिमिटेड (एससीटी) र पोखराको लेकसाइडमा रहेको चारतारे अतिथि रिसोर्ट एन्ड स्पाबीच एससीटी–यूपीआई कार्डका ग्राहकहरूलाई होटेलमा १५ प्रतिशतसम्म छुट हुने सम्झौता भएको छ।

एससीटी–यूपीआई कार्ड प्रयोगकर्ताहरूले यो छुट पाउनका लागि अतिथि रिसोर्ट एन्ड स्पामा आफ्नो एससीटी–यूपीआई कार्डमार्फत भुक्तानी गर्नुपर्छ। ग्राहकहरूले एससीटी–यूपीआइ  कार्डमार्फत भुक्तानी गर्दा फूड, वेभरेज र स्पा बिलमा १० प्रतिशत छुट तथा रुमको महसुल दरमा १५ प्रतिशत छुट पाउनेछन्।  रुम महसुलमा छुट पसमा हुने कारोबारमा मात्र उपलब्ध हुने बैंकले जनाएको छ। 

एससीटीले हाल २१ वटा बैंक तथा वित्तीय संस्था र १०० भन्दा बढी सहकारी संस्थाहरूमार्फत एससीटी–यूपीआई कार्ड जारी गर्दै आइरहेको छ।

यो अफरमार्फत कार्डको अधिकतम प्रयोग गराउने र कार्डमार्फत नगदरहित कारोबारलाई प्रोत्साहन गर्ने उद्देश्य रहेको छ।

एससीटी–यूपीआई कार्ड नहुने ग्राहकहरूले पनि यस अफरमा सहभागी हुनलाई आफ्नो नजिकैको बैंक तथा वित्तीय संस्थामा गएर उक्त कार्ड माग गरी कार्ड प्राप्त गर्न सक्नेछन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad